उपसभापति निधि नियमित कार्यालय हाजिर हुने

रिपोर्ट नेपाल | 2018 Jun 29 | 12:32 pm 3261

काठमाडौ , असार १५ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा अहिले नेतृत्वको नभई नीतिको बहस आवश्यक भएको बताएका छन् ।

शुक्रबार पदभार ग्रहण गरेका उपसभापति निधि अब नियमित कार्यालयमा हाजिर हुनेछन् । पार्टीका नेताहरु कार्यालय नै नजाने गरेको गुनासो आएपछि आफूले हरेक दिन विहान साढे ८ देखि साढे १२ बजेसम्म कार्यालयमा बस्ने योजना बनाएको निधिले जानकारी दिए ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपसभापति निधिले संघीयता, गणतन्त्र लगायतका परिवर्तनका उपलब्धीहरुको पक्षमा जनमत बनाउनु पर्नेमा जोड दिए । कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको भन्दै उनले भनेका छन्, ‘नेतृत्व होइन, नीतिको बहस गरौं । संघीयता गणतन्त्र लगायतका परिवर्तनको पक्षमा कांग्रेसका सबै नेता प्रष्ट र प्रतिवद्ध हुन जरुरी छ ।’

पार्टी विधानले दिएको जिम्मेवारी अनुसार नीति निर्माण र प्रशिक्षणमा जुट्ने पनि उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.