उपसचिव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा

रिपोर्ट नेपाल | 2022 Sep 19 | 07:43 am 1193

काठमाडौं, असाेज ३ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले घुस रकमसहति रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

प्याराग्लाइडिङ सञ्चालन अनुमतिपत्र लाइसेन्स उपलब्ध गराइदिने भन्दै उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

उनी चढ्ने गाडी खान तलासी गर्दा थप १६ लाख ५० हजार पनि बराम बरामद गरिएको थियो । अनुसन्धानको सिलसिलामा उपसचिव नेपालले सेवाग्राहीसँग प्याराग्लाइडिङ सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र लाइसेन्स दिने क्रममा घुस लिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएको हुँदा निजप्रमोद नेपाललाई बिगो ६ लाख रुपैयाँ कायम गरी ऐनअनुसार जरिमानाको सजाय र सोही ऐनअनुसार कैद सजाय मागदाबी गरिएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.