काठमाडौं, असार १३: महिनामा एक दिन श्रममा खट्ने घोषणा गरेका उपराष्ट्रपति नन्दबहादुर पुनले आज शुक्रबार आफ्नै निवास सरसफाई गरेका छन् ।
हालै लैनचौरस्थित पुरानो समाज कल्याण परिषदलाई निवास बनाएर बसाई सराई गरेका पुनले आफ्ना सहयोगी र सुरक्षाकर्मी सहित कोदालो लिएर सफाई गरेका थिए ।
पुरानो समाज कल्याणको कार्यालयलाई ग्रीन हाउस नाम दिएर सरकारले उपराष्ट्रपतिको कार्यालय निवास सारिएको छ ।