उपराष्ट्रपति पुनको चियापान आज अपरान्ह

रिपोर्ट नेपाल | 2018 Nov 05 | 11:35 am 1769

काठमाडौं , कात्तिक १९ : उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा सोमबार अपरान्ह शुभकामना आदान प्रदान तथा जलपान समारोहको आयोजना गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा आयोजना हुने जलपान समारोह अपराह्न साढे २ बजेबाट सुरु हुने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति पुनले कात्तिक १६ गते जलपान समारोहको आयोजना गर्ने तयारी गरेका थिए । तर सोही दिन प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले पनि जलपान कार्यक्रम आयोजना गरेपछि उपराष्ट्रपतिको जलपान कार्यक्रम आजका लागि सारिएको हो ।

जलपान कार्यक्रममा विभिन्न दलका नेता, सरकारी उच्च पदस्थ कर्मचारी कुटनीतिक नियोगका पदाधिकारीलगायतलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.