उपप्रधानमन्त्री पोखरेल तथा रक्षामन्त्री थापा होम आइसोलेसनमा

| 2020 Aug 28 | 06:59 pm 2628

काठमाडौं, भदौ १२ः एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा (बादल) होम आइसोलेसनमा बसेका छन्।

सिसिएमसीको बैठकमा चिया लैजान एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि पोखरेल र थापा होम आइसोलेसनमा बसेका हुन्। उपप्रधानमन्त्री पोखरेल सिसिएमसीका संयोजकसमेत हुन्।

त्यही कार्यक्रममा उपस्थित भएका गृहमन्त्री थापाले पनि भेटघाट बन्द गरेर होम आइसोलेसनमा बसेका छन्।

मन्त्रीद्वय होम आइसोलेसनमा बसेसँगै नेकपाले भोलि बोलाएको सचिवालय बैठकसमेत स्थगित गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटवार्तापछि सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको छ।

सिसिएमसीको बैठकमा चिया लैजाने तथा अन्य कामका लागि आवतजावत गर्ने एक कर्मचारीलाई शुक्रबार बिहान कोरोना पुष्टि भएको छ, रक्षा मन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले भने, कर्मचारीमा संक्रमण पुष्टि भएकाले स्वाब परीक्षणको रिपोर्ट नआउन्जेल उहाँ (उपप्रधानमन्त्री) पुल्चोकस्थित मन्त्री निवासमै रहनुहुनेछ।

रिपोर्ट नआउन्जेल सबै भेटघाट बन्द गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.