उपत्यका प्रवेश गर्ने नाकामा निगरानी

रिपोर्ट नेपाल | 2021 Apr 01 | 08:00 am 1761

काठमाडौं,  चैत १९ः राजधानी उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकामा निगरानी बढाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यका भित्रने नाकामा कडाइ गरिएको छ ।

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर भित्रिएको आशंकामा सरकारले कोरोना संक्रमणको परीक्षणको दायरालाई बढाउने बताएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना संक्रमित बढ्न थालेपछि परीक्षणको दायरालाई बढाउने निर्णय गरेको जानकारी दिएको छ । अहिले सरकारले नाकामा कडाइ गरेपछि राजधानी भित्रने यात्रुहरुले हैरानी बेहोर्नुपरेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.