उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पकाे धक्का

| 2020 May 30 | 10:16 pm 1348

काठमाडौं, जेठ १७ः उपत्यकासहित आसपासका क्षेत्रमा शनिबार राती भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर राती ९ बजेर ३६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।

गत ८ जेठमा पनि भक्तपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको थियो ।  याे २०७२ साल बैशाख १२ गतेकै पराकम्पन भएकाे मापन केन्द्रले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.