काठमाडौं, पुस २ः उपत्यकामा शुक्रबारबाट सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणाली हट्ने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि जोर–बिजोर प्रणाली हटाउने निर्णय भएको बताए ।
कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर–बिजोर प्रणाली लागु थियो ।