काठमाडौँ, आश्विन १७ / बागमती प्रदेशको विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । जसका कारण काठमाडौँ उपत्यकाका नदीनाला तथा खोलाहरूमा जलसतह बढेको छ ।
भक्तपुर जिल्ला स्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जलसतह बढ्दो क्रममा रहेकाले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा रहनेले दिउँसो सम्मै उच्च सतर्कता अपउनुपर्ने जनाको छ ।