उद्योग वाणिज्य संघ लहानको ५०औं स्वर्ण जयन्ती भब्यताकासाथ सम्पन्न

रिपोर्ट नेपाल | 2020 Jul 30 | 08:07 am 2145

  • महेश सिंह

सिरहा, साउन १५ः उद्योग वाणिज्य संघ लहानले स्वर्ण जयन्ती २०७७ भवितव्य रूपमा मनाएको छ । नेपाल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

संघका अध्यक्ष अशोकलाल अमात्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सल्लाहकार राकेश झा, पूर्व अध्यक्ष, पवन मुन्धरा, अशोक अग्रवाल, सुनिल महतो, पूर्व उपाध्यक्ष बिनोद साह,सदस्य तथा सिरहाका बिभिन्न उधोग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरु, बजार समितिका अध्यक्ष र ब्यापारीवर्गको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधान गर्दै निवर्तमान अध्यक्ष तथा प्रमुख अतिथि पशुपति मुरारकाले २०२७ सालमा स्वर्गीय परमेश्वर मुरारकाको अध्यक्षतामा स्थापना भएको संघ ५०औं वर्षमा आईपुग्दा स्वर्ण जयन्तीको प्रमुख अतिथिको रुपमा सहभागी हुन पाउँदा धेरै नै खुशी भएको बताए।

No description available.

मेरो काका संस्थापक अध्यक्षको कार्यकालयमा एउटा सानो कोठामा स्थापना भएको संघ अहिले मैले सयौं चिट्ठी पत्र लेख्ने कार्य गरी एउटा सचिवको कार्य गरेको स्मरण समेत प्रमुख अतिथि मुरारकाले गरेका थिए ।

संघका वर्तमान अध्यक्ष अशोक अमात्यलाई केन्द्रीय सदस्यको लागि सहयोग गर्ने उनले बताए । सिरहा उधोग वाणिज्य संघबाट हरेक पल्ट महासंघमा एक जना प्रतिनिधित्व होस भन्ने चाहाना रहेको प्रमुख अतिथि मुरारकाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.