काठमाडौँ, जेठ १७: उद्योगी तथा व्यवसायी प्रभाकर समशेर राणाको ८४ वर्षको उमेरमा निधन भएको छ । उनकाे उपचारकाे क्रकमा अमेरिकामा निधन भएको हो । नशा सम्बन्धी रोगबाट पीडित राणा अमेरिकामा उपचार गरिरहेका थिए । उनी सेाल्टी होटलका संस्थापक अध्यक्ष हुन् ।
साथै सिप्रदी ट्रेडिङ सूर्य नेपाल, अमरावती, भोटेकोशी लगायतका कम्पनीको स्थापनामा राणाको मुख्य भूमिका थियो । राणाका एक छोरा छन् ।