उद्धारमा सक्रिय हुन सरकारलाई देउवाको आग्रह

| 2024 Jul 12 | 10:43 am 545

काठमाडौं असार २८ शुक्रबार / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिरोले नारायणगढ-मुग्लिन सडकको सिमलतालमा बस पुरिँदा ६५ बढी यात्रुको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गर्दै उद्धारमा सक्रिय हुन सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाले ‘युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न समेत सभापति देउवाले सरकारलाई आग्रह गरेका छन् ।

अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारलाई समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीका साथ कार्य गर्न सभापति देउवाले अपील गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.