उदयपुरमा ट्याक्टर दुर्घटना दुईको मृत्यु ६ घाइते

रिपोर्ट नेपाल | 2019 Feb 20 | 08:48 pm 2690

  • तुल मगर

उदयपुर, उदयपुरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको  मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

ना ५ त ६७६२ नम्बरको ट्याक्टर रौतामाई गाउँपालिका–५ आँपटारबाट तेजपत्ताको लोड बोकेर गाईघाट आउँदै गर्दा आज (बुधबार) दिउँसो २ बजे दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो ।

त्रियुगा नगरपालिका -१४ मा पर्ने सगरमाथा लोकमार्ग अन्तरगतको साउने गाईघाट सडक खण्डमा दुर्घटना भएको प्रहरीले जानकारी दिए ।

मृत्यु हुनेमा चालक त्रियुगा–१५ खाँबुका २७ वर्षीय दुर्गा बहादुर मगर र सोही ट्याक्टरमा सवार रौतामाई–५ आँपटारका ४२ वर्षीय दिल बहादुर राई रहेको जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए ।

घाइते हुनेहरुमा रौतामाई गाउँपालिका–५ आँपटारका मदन राई, सोही ठाउँका यम कुमार राई, दिनेश राई, सरोज राई, खिलराज राई र त्रियुगा नगरपालिका–१३ का रतनमणि चौधरी रहेको छन् ।

उनीहरुको जिल्ला अस्पताल बोक्सेमा उपचार भइहेको जानकारी दिएका छन् । अत्यधिक गतिका कारण ओरालोमा मोड्न नसकेपछि दुर्घटना भएको ट्याक्टरमा सवार रतनमणि लेखीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.