उदयपुरमा टिपर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2019 May 19 | 01:47 pm 5503

उदयपुर, जेठ ५ : उदयपुरबाट सोलुखुम्बु जाँदै गरेको टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन्।

आइतबार सिद्धिचरण राजमार्गअन्तर्गत कटारी–घुर्मी सडकखण्डको कटारी नगरपालिका–१४ लामीडाँडामा ना ४ ख ७००० नम्बरको टिपर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परी मुत्यु हुनेमा सहचालक सिन्धुली दुधौली नगरपालिका–११ का २० वर्षीय लिलाबहादुर सार्की र कटारी नगरपालिका ५ भोर्लेका ३० वर्षीय डिकबहादुर बुढाथोकी रहेका छन् ।

सोलु हाइड्रोपावरको लागि सिरहाको मिर्चैयाबाट सिमेन्ट बोकेर जाँदै गरेको टिपर ब्याक सार्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए।

टिपर चालक सिन्धुली नगरपालिका ११ का ४० वर्षीय हर्कबहादुर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.