काठमाडाैं, बैशाख ९ः नेपालमा कोरोना संक्रमितहरुको संख्या थपिने क्रम बढ्दो देखिएको छ । उदयपुरको भुल्केमा थप १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हाे ।
१३ जनामा संक्रमण पुष्टि भएकाे साता दिन नवित्दै थप १ जनामा पनि संक्रमण पोजिटिभ देखिएको छ । उनी ३३ बर्षीय पुरुष हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा संक्रमण भएको पुष्टि गराएकाे हो । यो सहित नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ ।