उदयपुमा लागुऔषध सहित दुर्इ युवा पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 06 | 04:42 pm 3397

उदयपुर , जेठ २३: उदयपुर प्रहरीले ठुलो परिणाममा लागुऔषध बरामद गरेको छ । प्रहरी नायब निरीक्षक शंकर खतीवडाको कमान्डमा खटीएको टोलीले त्रियुगा न पा ६ लालपत्ताको चुरे जंगलबाट बरामद गरेको हो ।

जंगलमा ३ जनाको समूहले हातमा झोला बोकेर हिडीरहेको देखेपछि चेकजाँच गर्ने क्रममा २ जना झोला फाली भागेपछि १ जनालाई पक्राउ गरेर चेकजाच गर्दा निजको साथबाट फेनारागन ५ एम्पुल, लुपिजेसिक ५एम्पुल, डाईजेलाव ५ एम्पुल र सिरिन्ज १ थान बरामद भएको प्रहरीले जनाएको छ।

फालेको झोला चेकजाच गर्दा फेनारागन १९६ एम्पुल, लुपिजेसिक १९६ एम्पुल, डाईजेलाव १९६ एम्पुल र सिरिन्ज थान २३ सहित त्रियुगा न पा वडा नम्बर १२ बस्ने १४ बर्षको पुष्प पारस राईलाई पक्राउ गरिएको छ। फरार भएका मिलन राई २३ गते पक्राउ परेको र निर्जन खड्काको भने खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख नबराज भट्टले जानकारी दिए ।

भट्टका अनुसार उदयपुर जिल्लामा आउने लागूऔषध भारतको लौकाहा ठाडी,धनगडीबाट आउने गरेको र लालपत्ता नाकामा चेकजाचमा कडाई गर्न थाले पछी लागूऔषध सो ठाउँबाट नभई चोर बाटो चुरे जंगलको बाटोबाट हीडेर जलजलेसम्म निस्किने र जलजलेबाट सहज रुपमा गाइघाट भित्रिने कुराको सूचना आफुले थाहा पाएकोले ठुलो मात्रामा लागूऔषध बरामद गरेको बताए ।

उदयपुरमा ठुलो मात्रामा लागूऔषध सीरिन्ज भित्रिनु भनेको यहाँका युवाहरु भन्दा पनि यहाँबाट काठमाडौंसम्म जाने गरेको आफुले अनुसन्धानको क्रममा पत्ता लगाउन सफल भएकाले उदयपुर लागूऔषध प्रयोगकर्ताको ठाउँ मात्र नभएर यो ठाउँ लागूऔषध भण्डार गरी यहाँबाट ब्यापारिक किसिमले अन्य ठाउँहरुमा पनि जाने गरेको भट्टले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांक अनुसार आ ब २०७४/७५ साउन १ गते देखि जेठ २२ सम्म मात्र प्रहरीले फेनारगन ५९५, लुपीजेसिक ५९० डाईजेलाब ५९४ नर्फिन २९९ ,गोटीहरु ५३६ गाजा ५ केजी २७० ग्राम, प्रोक्सी १२८ र १ कट्ठा मा लगाईएको अफीम खेती समेत आफुले पक्राउ गरी आबस्यक कारबाही समेत गरेको भट्टले जानकारि दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.