काठमाडौँ २१ चैत / बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन् ।
मन्त्री श्रेष्ठले सो विषयमा उपकुलपतिसँग कुरा गरिसकेको बताइन् । समितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने श्रेष्ठको भनाई छ ।
स्नातक तह प्रथम वर्षको दुई विषयहरूको उत्तरपुस्तिकाको हराएको थियो । त्यसबारे विश्वविद्यालयले सूचना निकालेको थियो ।
उनले भनिन्– ‘उत्तरपुस्तिका हराएको विषयमा मैले त्रिविको उपकुलपतिसँग पनि कुरा गरेको छु । त्यो विषयमा एउटा छानबिन समिति बनेको छ । समितिले छानबिन गर्दैछ । त्रिविको दुइटा ऐनमा टेकेर त्यसमा कारबाही गर्न पनि सकिन्छ ।