उत्तर कोरियाली नेता किम जोङ उन मस्को जाने 

रिपोर्ट नेपाल | 2018 Jun 01 | 10:52 am 3269

सोल, १८ जेठ : उत्तर कोरियाली नेता किम जोङ उन शिखर वार्ताका लागि रुसी राजधानी मस्को जाने भएका  छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग भेटवार्ता गर्ने छन् ।

उनले अमेरिका र उत्तर कोरियाबीच आगामी महिना हुन लागेको शिखर वार्ताको विषयमा कुराकानी गर्नेे छन् । यसै प्रयोजनका लागि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ पनि बिहीबार उत्तर कोरिया पुगेका थिए। त्यसपछि नेता किम नै रुस जाने यो घोषणा आएको हो ।

लाभरोभ उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्न त्यहाँ  पुगेका हुन् । उनीहरु यस  विषयमा कुराकानी गरेका छन् । उक्त विज्ञप्तिमा विदेशमन्त्री लाभरोभले आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ हिसँग द्विपक्षीय वार्ता गर्ने भएको छ । उहाँको आमन्त्रणमा विदेश मन्त्री लाभरोभ त्यहाँ पुग्नु भएको थियो ।

उत्तर कोरियाली समाचार संस्थाका अनुसार उत्तर कोरियाली नेता किम केही दिनमा त्यसतर्फ लाग्ने छन् । । तर  कहिले मस्को जाने भन्ने बारेमा भने सो समाचार समितिले केही खुलाएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.