उच्च रक्तश्रावका कारण सुत्केरीकाे मृत्यु

| 2020 Nov 12 | 01:03 pm 2973

डोटी, कात्तिक २७ः एक चार दिने सुत्केरी महिलाको उच्च रक्तश्रावका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा डाेटीकाे दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोट घर भएकी ३० वर्षीया डम्बरी देबि साहु कठायत रहेका छन् । उनकाे गएराति ११ः१५ को समयमा मृत्यु भएको स्थानीले बताएका छन् ।

चार दिन अघि दिपायलको राजपुरमा रहेको सुजंग अस्पतालमा नरर्मल रुपमा नबजात शिशुको रुपमा छोरो जन्माएकी कठायतको रक्तश्राव नरोकिएपछि जिल्लामा उपचार सम्भव नभएको भन्दै सुजंग अस्पतालले धनगढी रिफर गरेको थियो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । नवजात ४ दिने शिशुको अवस्था सामान्य अस्पताल स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.