उखु किसानले बक्यौता रकम माग गर्दै काठमाडौंमा थाल्यो आन्दोलन

रिपोर्ट नेपाल | 2019 Dec 28 | 01:20 pm 1687

काठमाडौं, पुस १२: उखु किसानहरुले बक्यौता रकम माग गर्दै काठमाडौंमा आन्दोलन थालेका छन् । उनीहरुले शनिबार काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

उखु किसानका अगुवा हरेश्याम रायका अनुसार ‘जबसम्म किसानले बक्यौता रकम पाउँदैन तबसम्म यहाँबाट नफर्किँने बताए ।

सरकारले ५ सय ३६ रुपैयाँ प्रतिक्वीन्टल उँखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले विभिन्न शीर्षकमा काटेर ४ सय ३५ रुपैयाँ प्रतिकिलोको मात्रै चिट दिने गरेका छन् ।

उखु किसानहरुले २०७० देखिकै रकम चिनी मिलहरुले नदिएको बताउँछन् । उखु किसानका अगुवा रायका अनुसार हालसम्म ५० करोड बक्यौता रकम छ । महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.