इलेक्ट्रोनिक्सको सटर फोरेर २८ लाख बराबरको सामान तथा नगद चोर्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 18 | 05:58 pm 3217

काठमाडौं, असार ४ :  इलेक्ट्रोनिक्सको सटर फोरेर २८ लाख बराबरको सामान तथा नगद चोर्ने दुई पक्राउ परेका छन् । राजधानीको चावहिलस्थित गोल्छा अर्गनाईजेनशनले सञ्चालन गरेको हिम ईलेक्ट्रोनिक्स र सामसुङ मोवाईलको सोरुमको सटर फोडेर चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्सास्थित घर भएका जितेन्द्र रौनियार र रामे खाँडादेवीछापको स्थायी घर भएका जयराम श्रेष्ठ रहेका छन् ।

गएको जेठ २८ गते राती रौनियार र श्रेष्ठले गोल्छा अर्गनाईजेशनको सटर फोडेर विभिन्न मोडलका ८३ थान मोवाईल र नगद चोरी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.