इलाम–२ मा मतगणना शुरू

| 2024 Apr 28 | 01:28 pm 1913

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ।

गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना भइरहेको छ। बिहान ११ बजेदेखि मतगणना गर्ने सर्वदलीय निर्णय भए पनि करिब एक घण्टा ढिला गरी मतगणना थालिएको छ ।

६ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना थालिएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

सोमबार सम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिनेछ बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.