इलाम २ मा उम्मेदवार छान्न रास्वपाले प्रारम्भिक चुनाव गर्ने

रिपोर्ट नेपाल | 2024 Mar 19 | 07:05 pm 489

काठमाण्डौ ०६ चैत / वैशाख १५ मा हुने इलाम–२ को उपचुनावको उम्मेदवार चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र प्रारम्भिक चुनाव गर्ने भएको छ । रास्वपाले मंगलबारक लागि चुनावको तालिका सार्वजनिक गरेको छ ।

महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार प्रारम्भिक चुनावको लागि इलाम २ का पार्टी सदस्यहरूले मतदान गर्ने छन् । उम्मेदवारी दर्ता र मतदान कार्य मोबाइल एपमार्फत् हुने जनाइएको छ ।

उम्मेदवारहरूको नामावली प्रकाशन चैत १४ गते हुनेछ । त्यस्तै, ⁠चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोधको समय निर्धारण गरिएको छ ।

१५ गते साँझ ५ बजेसम्म उम्मेदवारसँग छलफल गरिने र त्यही दिन राति ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तालिकामा उल्लेख छ । तालिका अनुसार चैत ६ देखि १४ सम्म उम्मेदवारका आकांक्षीले आवेदन दिन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.