इलाम, माघ २७: आइतबार साँझ सूर्योदय नगरपालिका २ पशुपतीनगर बजारमा आगलागी भएको छ।
साँझ करिब ७ बजेको समयमा सामुदायिक प्रहरी केन्द्रको भवन नजिकै रहेको सुधन क्षेत्रीको घरमा आगलागी भएको हो।
उक्त आगो घरमा कोही नभएको बेला लागेको छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
आगो नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीयबासी र सूर्योदय नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल पशुपतिनगरका प्रहरी निरिक्षक पवन खड्काले जानकारी दिए।
उनका अनुसार क्षेत्रीको दुईतले काठको घर आगलागीबाट पूरै क्षति भएको छ। आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ।
आगलागीबाट घरका लत्ता कपडा, भाँडाकुडा जलेर नष्ट भएका छन्। क्षतिको पूर्ण बिवरण आउन बाँकी छ।