काठमाडौं, पुस २४ः अमेरिकी राष्ट्रपति डोनाल्ड डोनाल्ड ट्रम्पले इरान युद्धबाट पछि हटेको बताएका छन् । बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानले द्वन्द्वलाई थप चर्काउन नचाहेको बताए ।
इरान द्वन्द्वबाट हट्नु विश्वकै लागि खुसीको कुरा भएको पनि उनले बताका छन् । इरानले यो द्वन्द्वलाई थप चर्काउन नचाहेको देखिन्छ, राष्ट्रपति ट्रम्पले भने, यो विश्वकै लागि खुसीको कुरा हो । शान्ति चाहनेहरूसँग अमेरिका शान्तिकै व्यवहार गर्न तयार भएको पनि बताएका छन् ।
ट्रम्पले आफ्नो सम्बोधन गर्दै अमेरिकी सैनिकको मृत्यृ नभएको पनि स्पष्ट पारे । आक्रमणमा कुनै पनि अमेरिकी सैनिक या इराकी सैनिक मारिएका छैनन् र कोही पनि घाइते भएका छैनन् । सैनिक अड्डामा सामान्य क्षति पुगेको छ । राष्ट्रपति ट्रम्पले भने ।
मिसाइल आक्रमणमा इरानले ८० भन्दा बढी अमेरिकी सैनिक मारिएको दाबी गर्दै आइरहेको थियो ।
राष्ट्रपति ट्रपले इरानी सैनिक कमान्डर सुलेमानी पहिले नै मारिनु पर्ने र अब इरान कुनै पनि किसिमको आतंकवादी गतिविधिमा संलग्न नहुन चेतावनी समेत दिए ।
अमेरिका विश्वको सबैभन्दा शक्तिशाली भएको तर यसको प्रयोग नगर्ने बताए । अमेरिका विश्वको सबैभन्दा ठूलो सैन्य शक्ति भएको राष्ट्र हो तर यसको मतलब हामी सैन्य शक्ति प्रयोग गर्दैनौँ ।
ट्रम्पले रुस, चीन लगायतका देशलाई इरानसँगको परमाणु सम्झौता समाप्त गर्न पनि आग्रह गरे । इरानमाथि थप आर्थिक नाकाबन्दी लगाइने र इरानले आणविक कार्यक्रम तत्काल अन्त्य गर्नुपर्ने पनि ट्रम्पले बताए ।
ट्रम्पले अमेरिका तेलको नम्बर वान उत्पादक भएको र मध्यपूर्वमा तेल नचाहिने पनि बताए । अमेरिका आफैमा विश्वको सबैभन्दा तेल उत्पादन गर्ने राष्ट्रमा पर्छ । अमेरिका आर्थिक र सैन्य हिसाबले स्थिर छ । उनले भने ।
इरानका उच्च सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि अमेरिका र इरानबीच द्वन्द चर्किएको थियो ।
अमेरिकाले सुलेमानी मारिदिएपछि इरानले त्यसको प्रतिशोधमा बुधबार इराकमा रहेका अमेरिकाका दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको थियो ।