काठमाडाैं, भदाै १६ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउँदै आईरहेको छ ।
सोही क्रममा, मिति २०७९ भाद्र १५ गते UNITED NATIONS ASSISTANCE MISSION FOR IRAQ (UNAMI), ईराकमा तैनाथ श्री संयुक्त राष्ट्र संघिय गार्ड युनिट UNAMI-X (B) लाई बदली गर्नका लागि श्री संयुक्त राष्ट्र संघिय गार्ड युनिट UNAMI-XI (B) को पहिलो टोली सेनानी बसन्त नाथ योगीको नेतृत्वमा १८ जना नेपाली शान्ति सैनिकहरु Commercial Flight (Fly Dubai) मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।
साथै, उक्त मिशनमा तैनाथ श्री संयुक्त राष्ट्र संघिय गार्ड युनिट UNAMI-X (B) को पहिलो टोली सह सेनानी अनिल थापाको नेतृत्वमा १८ जना नेपाली शान्ति सैनिकहरु आज मिति २०७९ भदाै १६ गते स्वदेश आगमन भएका छन् ।