इमानदार ट्याक्सी चालक : जसले आफ्नो ट्याक्सीमा छुटेको ३ लाख ५० हजारको धनमाल फिर्ता गरे

रिपोर्ट नेपाल | 2019 Feb 20 | 04:15 pm 1803

काठमाडौं,  फागुन  ८ : एक जना ट्याक्सी चालकले आफ्नो ट्याक्सीमा छुटेको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सम्बन्धित धनीलाई बुझाएका छन् । धरान उपमहानगरपालिका १९ चौकीबारी घर भई हाल भीमसेनगोला बस्ने ३८ वर्षीय ट्याक्सी चालक सिमल राईले उक्त रकम बारबारको धनमाल सम्बन्धित व्यक्तिलाई बुझाएका हुन् ।

काठमाडौँ थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी २८ वर्षीया यात्रु वसन्ता भुषालको धनमाल राईको ट्याक्सीमा छुटेको थियो । उक्त धनमाल महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएका हुन् ।

बुधवार ९आज० बिहान साढे ४ बजे अनामनगरबाट नैकाप जाने क्रममा बा।२।ज। २२७९ नम्बरको राईको ट्याक्सीमा भुषालको सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिँजडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औँठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान छुटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

चालक राईले बुझाएको नगद र गरगहना प्रहरीले प्रहरीले सम्बन्धित सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुसाललाई हस्तान्तरण गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.