काठमाडौं, असार १४ । विगत लामो समय देखि देशका विभिन्न ठाँउमा कर्तव्यपरायण गरेका इन्स्पेक्टरको सरुवा हुन सकेको छैन।
नेपाल प्रहरीमा जुनसुकै नेतृत्वले राम्रालाई भन्दा हाम्रालाई वढी स्थान दिएको विगत देखि भोग्दै र देख्दै आएका इन्स्पेक्टर यतिखेर पनि निरास बनेर बस्न बाध्य छन्। आफ्नो बलबुताले संगठनमा प्रवेश गरेका इन्स्पेक्टर भनिदिने कोही नभाएका कारण सेवा प्रवेश गरेको दश वर्षसम्म न राम्रो सरुवामा पर्न सके त न बढुवामा, यसले धेरै इन्स्पेक्टर निरास बनेका छन। प्रहरी प्रधान कार्यालयले ६ जना इन्स्पेक्टरको काज सरुवा गरेको छ ।
यसरी सानो संख्यामा काज सरुवा हुने भाग्यमानीमा नेपाल प्रहरी विपद् व्यवस्थापन तालिमबाट इलाका प्रहरी कार्यालय कृष्णनगरका लागि लक्ष्मण ओली रहेका छन । त्यस्तै सन्तोष न्यौपाने जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी प्रभाग बलम्बु, दाताराम अधिकारी प्रदेश प्रहरी कार्यालय सुनसरीबाट वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुर, धनवहादुर बोहोरा प्रहरी वृत्त दरवारमार्गबाट गण्डकी प्रदेश प्रहरी विद्यालय, तनहुँ, शुभेग अधिकारी अख्तियार सुनसरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी र दिपेन्द्र श्रेष्ठ प्रहरी वृत्त सिंहदरबारबाट इलाका प्रहरी कार्यालय गितानगर चितवन सरुवा भएका छन् । धिरजप्रताप सिंह महानिरीक्षक हुँदा नै सरुवा हुनुपर्ने रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, खोटाङ, ओखलढुङ्गा ताप्लेजुङ्ग, तेह्रथुम लगाएतका दुर्गम जिल्लामा रहेका इन्स्पेक्टरहरू भने पहुँच नपुगेर त्यही बस्न बाध्य छन् ।
केहिदिन अघि डिएसपी बढुवामा हावी भएका भनिएका मानव श्रोतका एआइजी
संदीप भण्डारी यो काज सरुवामा पनि हावी भएको आरोप लागेको छ ।