इन्धन मूल्यवृद्धिको विरोधमा उत्रिएका नेवि संघका एक दर्जन बढी कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 06 | 04:54 pm 2885

जनकपुरधाम २३ जेठ : पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा उत्रिएका नेवि संघको कार्यकर्ता पक्राउ परेका छन् । स्थानीय पिडाडी चोकमा सडक अवरुद्ध गर्न पुगेका नेवि संघका एक दर्जन बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नेवि संघ जिल्ला अध्यक्ष सुजीत झा, कपिल यादव, सुजीत यादव, नवनीत झा सहित १६ जनालाई पक्राउ गरेको तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले बताए । प्रहरीले नियन्त्रणमा लिएको उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

यसअघि नेवि संघका कार्यकर्ताहरुले मूल्यवृद्धिफिर्ताको माग गदैँ जिल्ला प्रशासन कार्यालमा धर्ना दिएका थिए । जिल्ला प्रशासन कार्यालयको धर्नापछि नेवि संघका कार्यकर्ता सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गर्न पुगेको थिए । तीन महिनाको अवधिमा सरकारले पाँच पटक मूल्यवृद्धि गरेको भन्दै फिर्ता लिन नेवि संघले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.