इन्डोनेसियामा शक्तिशाली भूकम्प

रिपोर्ट नेपाल | 2022 May 17 | 11:51 am 1749

जकार्ता, जेठ ३ः इन्डोनेसियाको जाकार्तामा मङ्गलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मङ्गलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुस भएको बताइएको छ । सो भूकम्प ६ म्याग्निच्युडको रहेको यहाँका अधिकारीहरुले जनाएका छन् । यहाँको भौगर्भिक सर्वेक्षण संस्थाले जनाए अनुसार सो भूकम्प शक्तिशाली रहेको र यसको क्षतिको खोजी भइरहेको छ ।

भूकम्पको प्रभावित रहेको क्षेत्रमा उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ । प्रारम्भिक रिपोर्टमा अहिलेसम्म कुनै क्षतिको विवरण थाहा भएको छैन । तर, अधिकारीहरुले भूकम्प शक्तिशाली भएकाले भौतिक तथा मानवीय क्षति भएको अनुमान गरिएको बताएका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.