इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता, कर्पोरेट ग्राहकका लागि भने फिर्ता भएन्

| 2018 Jul 26 | 07:02 pm 2250

काठमाडौं, साउन १० : दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । साउन १ गतेखि बढाइएको मूल्य आज सञ्चार मन्त्रालयमा भएको वार्तामा हटाउने सहमति भएको हो ।

सहमतिअनुसार अब सेवाप्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवाशुल्कबापतको १३ प्रतिशत अतिरिक्त शुल्क लिने छैन। दूरसञ्चार कर लागू भएपछि १३ प्रतिशत मुल्य बृद्धि गरिएको थियो । उक्त निर्णय जनस्तरबाट व्यापक बिरोध भएपछि सेवाको मूल्य  पहिलेकै अवस्थामा फर्किएको हो ।

पहिले उपभोक्तासँग लिँदै आएको मूल्यबाटै दूरसञ्चार सेवा दस्तुरको रकम सरकारलाई बुझाउनेछन्। सहमतिअनुसार घरायसी प्रयोगको लागि इन्टरनेट किन्ने उपभोक्तालाई मात्रै लागू हुनेछ। कर्पोरेट ग्राहकले भने अतिरिक्त १३ प्रतिशत तिर्नुपर्ने हुन्छ।

सरकारले इन्टरनेट सेवा प्रदायकले विदशेबाट ल्याउने इन्टरनेट ब्याण्डविथ सस्तो हुँदा पनि सरकारले कर बढाएको तर्क गरेर उपभोक्तामाथि कर थोपर्नु वैज्ञानिक नहुने बताएको थियो । अन्तर्राष्ट्रिय मूल्यअनुसार सेवाको मूल्य समायोजन गर्नुपर्ने तर्क मन्त्री बास्कोटाले अघि सारेका थिए ।

 

हेरौं सहमति पत्र।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.