इनारमा पसेरका दुई जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 25 | 03:42 pm 1839

मकवानपुर, असाेज ९ः शुक्रबार मकवानपुरकाे मनहरी-७ स्थित एक इनारमा पसेरका दुई जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ३० वर्षीय सुरज साह र स्थानीय १६ वर्षीय उत्सव नेपाली रहेका छन् ।

उनीहरू मनहरी-७ मा रहेको साह पार्टी प्यालेसको ईनारभित्र राखेको पानी तान्ने मोटरपम्प विग्रिएपछि बनाउन पसेका थिए । मोटरपम्प बनाउन इनारमा पसेकोमा बाहिर नआएपछि खाेजिनिति भएकाे थियाे ।

सुरज पार्टी प्यालेस संचालकका छोरा  हुन्। दुवैजना बाहिर नआएपछि उद्धारका लागि डोरीको सहायताले पसेका आनन्द लो बीचमै अचेत भएका थिए। उनको उद्धार गरी उपचार मनहरी प्राथमिक स्वास्थ केन्द्रमा पठाइएको बुझिएकाे छ।

उनीहरूको शव चितवन टाँडीबाट आएको नेपाली सेनाले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  शवलाई पोष्टमार्टमका लागि हेटौंडा पठाइएको छ।

बेहाेस भएका आनन्दको होस खुलेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.