इथियोपियामा हैजाबाट ९४ को मृत्यु, महामारीको खतरा

रिपोर्ट नेपाल | 2023 May 13 | 08:02 am 1553

काठमाडौं, बैशाख ३०ः दक्षिण पूर्वी इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९४ पुगेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले दिएको पछिल्लो विवरण अनुसार ज्यान गुमाउनेको संख्या ९४ जना पुगेको हो ।

हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरिएको छ । यूएनओसीएचएले इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने चेतावनी दिएको छ । विशेष गरी सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण त्यहाँ हैजाको जोखिम उच्च छ ।

यूएनओसीएचएले मुखबाट दिइने हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको पनि जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.