इजिप्टका सलाह खेल्ने निश्‍चित, उरुग्वेका लागि खलनायक बन्‍ने अनुमान

| 2018 Jun 15 | 09:22 am 3327

रसिया, असार १ : इजिप्टका फरवार्ड मोहमद सलाह शुक्रबार उरुग्वेविरुद्धको खेलमा मैदान उत्रिने निश्‍चित भएको छ । खेल सुरु हुनुभन्दा केही घण्टा अघिमात्रै सलाह खेल्ने घोषणा गरिएको हो ।

इजिप्टका टिम लिडर हेक्टर कुपरले सलाह खेल्ने निश्चित भएको बताएका हुन् । उनले भने, ‘म तपाँइलार्इ सलाहले शतप्रतिशत खेल्ने भएकोले विश्‍वसत हुन आग्रह गर्दछु ।’

सलाह, २५, २०१७ को लिभरपुल च्याम्पियन लिगको फाइनलका रियल मेड्रेडसँगको पराजित भएको खेलमा पाखुरामा चोट लागेका कारण खेल्न सकेका थिएनन् । उनलार्इ इजिप्टको गेम चेन्जर को रुपमा लिएको छ ।

कुपरका अनुसार सलाहले खेलमा सर्वाधिक गोल गर्ने र उत्कृष्ट खेलाडी बन्‍ने अनुमान गरिएको छ । चिकित्सकले सलाहलार्इ खेल्नसक्ने विकल्प दिएको छ । डिफेन्डर अली गब्रपनि फिट भएको जनाइएको छ । उनी प्रशिक्षणका क्रममा अनुहारमा लागेको चोटका कारण आराममा थिए ।

सलाह उरुग्वेका लागि खलनायक बन्‍ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.