इजरालयमा रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन दूतावासको आग्रह

रिपोर्ट नेपाल | 2024 Apr 14 | 02:14 pm 1925

काठमाडौँ ०२ बैशाख / इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि नेपाली दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ

सम्पूर्ण नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत नेपाली दूतावासले अनुरोध गरेको छ ।

आवश्यक परेमा दूतावासमा सम्पर्क गर्न सकिने भन्दै सम्पर्क नम्बर समेत दिएको छ । दूतावासले कुमार बहादुर श्रेष्ठ, द्वितीय सचिवलाई ०५२८२८९३०० मा र संजय कुमार साह, सहचारीलाई ०५४-५५८२०७७ मा सम्पर्क गर्न सकिने नेपाली दूतावासले बताएको छ ।

इरानले इजरायलमा गएराती देखि आक्रमण सुरु गरेपछि सोमवार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गरिएको छ भने ठूलो स्तरको सभा- भेला नगर्न निर्देशन जारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.