काठमाडौँ, मंसिर २५ / ‘आइरन स्वर्ड्स युद्ध’ शुरु भएदेखि इजरायल डिफेन्स फोर्सले गाजामा दुई महिनाभन्दा बढीको अवधिमा करिब ३ सय उद्धार उडानबाट ६ सय घाइते सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ ।
सेनाको चिकित्सकसहितको विशेष रणनीतिक उद्धार एकाइहरूले गाँजा पट्टीबाट उद्धार गतिविधिहरू जारी राखेका छन् । उद्धार कार्यको नेतृत्व स्थल र वायु सेना बीच समन्वयको भूमिका गरिरहेको वायु सेना सहयोग एकाइका सहायक अधिकारीहरूले गर्ने गरेको बताइएको छ ।