इजराइलद्वारा इरानमाथि जवाफी आक्रमण

| 2024 Apr 19 | 01:23 pm 513

काठमाडौँ, ०७ वैशाख / इरानको इस्फाहानस्थित सैन्य एयरबेसमा इजरायलले मिसाइल आक्रमण गरेको छ ।इरानको राष्ट्रिय टेलिभिजनले उक्त एयरबेसमाथि तीन ड्रोन खसालेको र विस्फोट त्यसैको आवाज भएको जनाएको छ ।

इजरायलले थप हमला गर्न सक्ने आशंका बीच इरानले एयर डिफेन्स प्रणाली एक्टिभेट गरेको जनाइएको छ । एयर डिफेन्स मिसाइलहरु सूचारु भएसँगै इरानमा कैयौं उडानहरु रद्द गरिएका छन् । इरानी मिडियाका अनुसार मध्यराति १२:३० बजे ती ड्रोनहरु खसालिएको थियो ।

सरकारी सञ्चारमाध्यमका अनुसार धेरै इरानी सहरमा हवाई रक्षा प्रणालीलाई सक्रिय तुल्याइएको छ । मुलुकको आधिकारिक प्रसारकले इस्फहान सहर नजिक विस्फोटको आवाज सुनिएको बताएको छ ।

सप्ताहन्तमा इरानले इजराइलमाथि सयौँ मिसाइल र ड्रोन प्रहार गरेपछि इजराइलले जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो । इरानको अधिकांश ड्रोन तथा मिसाइल आक्रमणलाई रोकिएको थियो ।

इरानको फार्स समाचार समितिले कहजावरेस्तान, इस्फहान विमानस्थल र शेखरी सेनाको विमानस्थल नजिक ‘तीन वटा विस्फोट’ सुनिएको बताएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.