इँट्टा प्रहार गरी आफ्नै बाबुको हत्या, हत्यामा संलग्न छोरा पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 11 | 05:58 pm 2062

कपिलवस्तु, फागुन २८: इँट्टा प्रहार गरी आफ्नै छोराले बाबुको हत्या गरेको छ । हत्या हुनेमा शिवराज नगरपालिका ९ तुरुन्तपुरका बावु चन्द्रबहादुर जिसी रहेका छन् ।

जिल्लाको शिवराज नगरपालिकामा छोराको इँट्टा प्रहारबाट बावुको मृत्यु भएको हो। बावुको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय वसन्त जिसिलाई पक्राउ गरेको छ।

घरायसी विवादका कारण छोराले इँट्टाले हानेपछि गम्भीर घाइते भएका चन्द्रबहादुरको चन्द्रदेव संजिवनी अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले वसन्तलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.