काठमाडौँ ३० फागुन / नयाँ गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने बारे कुनै पनि सम्झौता नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट पारेका छन्।
माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन्।
ओलीले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्रीको कार्यकाल बाँडफाँडका चर्चाहरू अखबारमा देखेँ । यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ । यो गलत कुरा हो । प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन । मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने । मेरो नाम पनि जोडिएको छ ।