आर्थिक हैसियत भएका सीमित वर्गको मात्र त्रिवि हुन नहुने : प्रधानमन्त्री देउवा

रिपोर्ट नेपाल | 2021 Dec 20 | 03:15 pm 1293

काठमाडौं, पुस ५ः त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र त्रिभुवन विश्वविद्यालय हुन नहुने बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।

उनले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको उल्लेख गरे । ‘शिक्षा सबैका लागि हुनुपर्छ । आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन भन्ने सरकारको मान्यता छ । सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्छ,’ उनले भने । त्यस्तै दीक्षित विद्यार्थीहरुलाई जीवन र परिवारको भविष्य निर्माण गर्दै मुलुकका लागि सुयोग्य नागरिक बन्न प्रेरित गर्नुहुँदै प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.