आर्थिक विकासका निम्ति राजनीतिक वातावरण अनुकूल बन्योः प्रचण्ड

रिपोर्ट नेपाल | 2018 Jun 07 | 04:15 pm 2736

काठमाडौँ जेठ २४:नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मुलुकको आर्थिक विकासका लागि अहिले सबैभन्दा अनुकूल वातावरण बनेको बताएका छन् । बिहीबार राजधानीमा साना तथा मझौला व्यवसायी महासंघको १५औँ स्थापना दिवसको उद्घाटन गर्दै अध्यक्ष दाहालले आर्थिक क्षेत्रमा ठूलो क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताएका हुन्।

अहिलेको सरकारसँग दुईतिहाई बहुमत रहेको बताउदै अध्यक्ष दाहालले लामो समयपछि देशमा आर्थिक विकासका निम्ति राजनीतिक वातावरण तयार भएको उल्लेख गरे। अध्यक्ष प्रचण्डले कृषि, पर्यटन, उद्योगमार्फत् मुलुकको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

सरकार र सबै राजनीतिक दलहरुले स्थिरता, सुशासन र आर्थिक विकासलाई आफ्नो मूल एजेण्डा मानेको दाहालको भनाइ छ।
मुलुकको आर्थिक विकासका लागि सरकारले छिमेकी मुलुकहरुसँग सन्तुलित सम्बन्ध विकास भएको दाहालले बताए।

देशमा स्थितरता र सुशान,उद्योग र व्यवसाय,रोजगारीको वातवरण भएपछि मात्र विदेशीका युवाहरु स्वदेश फर्काउन सम्भव हुने अध्यक्ष दाहालले दाबी गरे। उनले साना तथा मझौला उद्योगले आर्थिक विकास, समृद्धि र रोजगारी सृष्टिको आधार रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.