आरजुलार्इ हराउने २० कांग्रेसीको नाम सार्वजनिक, कसले गर्छ कारबाही ?

रिपोर्ट नेपाल | 2018 Jun 10 | 08:36 am 3152

धनगढी, जेठ २७: संघिय निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट पराजित आरजु राणा देउवालार्इ हराउन भूमिका खेल्ने २० जनाको नामा सार्वजनिक गरिएको छ । देउवा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । उनलाई हराउन भूमिका खेलेको भन्दै कैलाली क्षेत्र नम्बर ५ को कार्यसमितिले पूर्वसांसद पुष्करनाथ ओझासहित २० जनाको नाम कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको छ।

कारबाहीमा पर्नेमा पूर्वसांसद ओझासहित महासमिति सदस्य आनन्दराज जोशी, पार्टी जिल्ला सचिव पूर्ण कुँवर, धनगढी वडा नम्बर ५ का वडा सदस्य बब्लुकुमार चौधरी, जिल्ला सदस्य लक्ष्मी देवकोटा, निर्वाचन क्षेत्र नम्बर ५ का क्षेत्रीय उपसभापति कुम्भराज गिरी, नेवि संघ सह-महामन्त्री प्रेम जोशी, धनगढी वडा नम्बर ७ का सभापति देवबहादुर सेठी, वडा नम्बर १९ का वडा सचिव गंगादत्त ओझा, वडा नम्बर ३ का क्षेत्रीय प्रतिनिधि सीताराम अवस्थी, वडा नम्बरका वडा सदस्य शुभाष चन्द, वडा नम्बर १८ का क्षेत्रीय प्रतिनिधि फूलनारायण भुषाल, वडा नम्बर १३ का तरुण दल अध्यक्ष खडक ओझा, वडा नम्बर १३ का क्षेत्रीय प्रतिनिधि भोजराज भट्टको नाम छ ।

यसैगरी, क्रियाशील सदस्य विनायक पनेरु, लोकराज अवस्थी, चन्द्रदेव जोशी, शिक्षक संघ जिल्ला कार्यसमिति सदस्य लक्ष्मी ओझा, पूर्व क्षेत्रीय सचिव खेम भट्ट र सदस्य भूमिनन्द ओझाको नाम पनि कारबाहीको सूचीमा राखेर सिफारिस गरिएको क्षेत्रीय सभापति हरिश खड्काले जानकारी दिए।

कैलाली क्षेत्र नम्बर ५ का सभापति हरिश खड्का, सचिव भीम पडाल, धनगढी नगर सभापति नृपबहादुर वड, यज्ञराज उपाध्याय, निर्वाचन परिचालन मूल समितिका वडा संयोजकहरुले पेश गरेको प्रतिवेदनका आधारमा कारबाहीको सिफारिस गरिएको कैलाली काँग्रेसले जनाएको छ ।

शुक्रबार धनगढी पुगेर अर्न्तघात गर्नेलार्इ नछोड्नेभन्दै कारबाहीको हुँकार गरेका कांग्रेस सभापतिले कारबाहीका लागि सिफारिस भएकालार्इ के गर्छन् भन्‍ने प्रश्न उब्जेको छ । त्यसअघिको स्थानीय निर्वाचनको पनि अर्न्तघात गर्नेलार्इ कारबाही गर्नेभन्दै नाम सिफारिस गरिएको थियो । तर। त्यो पनि समयसँग त्यसै सेलाएर गयो । अब सभापति देउवालार्इ नै पार्टी सभापतिबाट राजीनामा दिन दबाब परिरहेकाबेला कसले कारबाही गर्छ भन्ने प्रश्न खडा भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.