आरजुको नाम लिएको अडियो, सन्देश शर्माकै आवाजसँग मेल खायाे

| 2023 Jul 09 | 02:14 pm 1601

काठमाडौं, असार २४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो रेकर्ड सन्देश शर्माको आवाजसँग मेल खाएको बताइएको छ ।

राणाले आफ्नो नाम जोडेर नक्कली अडियो सार्वजनिक भएको भनी छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरी नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।

उक्त निवेदन उपर अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.