काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन् ।
वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे आज अनुगमन गर्दै उनले वैद्यखानाका कर्मचारीहरुलाई भने, “बजारमा वैद्यखानाको औषधिको माग छ, तर मागबमोजिम उत्पादन नभएकोले बजारमा औषधिको अभाब छ उत्पादन वृद्धि गर्न भनेका छन् ।”
बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दासमेत नपाइने अवस्था आएकाले आवश्यक कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिए । “बजारमा बिक्ने चिज हामी किन उत्पादन गर्न सक्दैनौँ ? आवश्यक बजेट अभाव हुन दिन्नौँ तर उत्पादन बढाउनुस् मन्त्री पौडेलले भने ।
मन्त्री पौडेलले केही समयअघि वैद्यखानाका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउने रकम सरकारले दिन नसक्ने प्रष्ट पारेका थिए ।