आफ्नो मोबाइलमा कहिल्यै सेभ नगर्नुस् यी ४ कुराहरु

रिपोर्ट नेपाल | 2023 Oct 17 | 11:46 am 11965

प्रायः हामीले आफ्नो सजिलोका लागि मोबाइल फोनमा जरुरी कुराहरु सेभ गर्दछौँ, जुन कुरा अरु कसैको हातमा पर्यो भने त्यो निकै महंगो पर्न सक्छ ।

सम्झने झण्झटबाट मुक्त हुन वा पछि खोजेको बेला सजिलै प्राप्त गर्न सकिन्छ भन्ने मनसायले मोबाइल फोनमा आफ्ना गोप्य राख्नु पर्ने सूचना, तस्वीर, लगायतका चिजहरु सेभ गर्ने गर्नुभएको छ भने आजै डिलिट गर्नुहोस्  । तपाइँले आफ्नो मोबाइलमा कहिल्यैपनि यी चिजहरु सेभ नगर्नुहोस्ः

१. पर्सनल नम्बर

कहिलेकाहीँ मानिसहरु आफ्नो नागरिकता नम्बर, पासपोर्ट नं., प्यान नम्बर, बैंक अकाउन्ट नम्बर आदि समेत आफ्नो मोबाइलमा सेभ गर्दछन् । आकस्मिक रुपमा आवश्यक परेमा तत्कालै प्राप्त गर्न सकिने सजिलोका लागि मानिसहरुले यसो गरेका हुन्छन् । तर यस्ता नम्बरहरु गोप्य तथा संवेदनशील हुन्छन् । त्यसैले भुलेर पनि आफ्नो मोबाइलमा सेभ नगर्नुहोस् ।

२. पासवर्ड

आजकल इन्टरनेटमा हरकोहीका विभिन्न अकाउन्ट हुन्छन् । त्यसैले मानिसहरुसँग धेरै भन्दा धेरै इन्टरनेट अकाउन्टका पासवर्ड हुन्छ । धेरै पासवर्ड भएपछि स्मरण गर्न गाह्रो हुने भएकाले धेरैको बानी हुन्छ त्यस्ता पासवर्डलाई मोबाइलमा सेभ गरिराख्ने ।

त्यो गरेपछि न त पासवर्ड सम्झिनैपर्ने  झण्झट, न त हराउने डर । तर यसरी पासवर्ड मोबाइलमा सेभ गरेर राख्नु राम्रो हुँदैन । अझ अनलाइन सपिङ साइट तथा अनलाइन बैक अकाउन्टको पासवर्ड भुलेर पनि मोबाइलमा सेभ नगर्नुहोस् । मोबाइल चोरी भएको वा अरु कसैको हातमा परेको स्थितिमा अर्को व्यक्तिले तपाइँको पासवर्ड दुरुपयोग गर्न सक्दछ ।

३. आफ्ना संवेदनशील फोटो तथा भिडियो

आफ्नो शरीरका कुनैपनि खालका निजी फोटो खिच्ने स्वतन्त्रता तपाइँलाई हुन्छ । तर आफ्ना त्यस्ता निजी फोटो तथा भिडियोहरु जुन अरुले नहेरुन् भन्ने चाहनुहुन्छ वा अरुले देख्दा तपाइँको प्रतिष्ठामा धक्का लाग्छ, त्यसलाई कहिल्यैपनि मोबाइल फोनमा सेभ गरेर नराख्नुस् । खासगरी आफ्ना अन्तरंग पलका तस्वीर तथा भिडियोलाई मोबाइलमा सेभ गर्ने कार्यबाट टाढै रहनुहोस् ।

४. डेबिट तथा क्रेडिट कार्डको तस्वीर

कहिलेकाहीँ मानिसहरु आफ्ना आवश्यक दस्तावेज, जस्तै डेबिट तथा क्रेडिट कार्ड समेतको फोटो खिचेर आफ्नो मोेबाइलमा राख्ने गर्दछन् । यसमा ति कार्डको दुबैतर्फको फोटो हुने भएकाले त्यसमा कार्डको नम्बर, एक्सपायरी डेट लगायतका जानकारीहरु देखिन्छन्, जुन तेश्रो व्यक्तिले प्राप्त गरेर दुरुपयोग गर्ने सम्भावना हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.