उदयपुर, चैत ४ः मंगलबार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १० बोक्सेका २३ बर्षीय मनोज भन्ने होम बहादुर बिकले आफ्नै भाउजुलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
खुकुरी प्रहारबाट भाउजु २५ बर्षीय मुना बिक घाइते भएकी छन् । घाइते बिककाे जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि मंगबारनै विराटनगर लगिएको जनाइएको छ ।
खाना खाने बिषयमा सामान्य विवाद हुदा देवरले भाउजुलाई धारिलो हतियार खकुरीले घाँटिमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएकाे हाे । उनकाे घाँटीको पछाडि पट्टि चोट लागेको जनाइएको छ ।
खुकुरी प्रहार गरी फरार रहेका देवरलाई त्रियुगा नगरपालिका ९ गैरुनबाट पक्राउ गरीएको प्रहरीले जनाइएको छ ।