आफ्नै बुबाको हत्या गरी फरार रहेकी महिला पक्राउ

रिपोर्ट नेपाल | 2020 May 19 | 05:12 pm 2008

इलाम, जेठ ६ः आफ्नै बुबाको हत्या गरी फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गए राति ५२ वर्षीय बुबा फुलबहादुर राईलाई  हत्या गरी फरार रहेकी छोरीलाई नजिकैको जङ्गलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका–३ स्थायी घर भइ माइत देउमाई नगरपालिका–६ शान्तिडाँडामा बसोबास गर्दै आएकी सुष्मा राई रहेकी छन् ।

उनीले समान्य घरायसी विवादमा बुबाको हत्या गरेको बुझिएकाे छ । सुष्माले बुबालाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय मङ्गलबारेको संयुक्त टोलीले खोज तथा अनुसन्धान गर्ने क्रममा सुष्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट दक्षिणतर्फको जङ्गलमा लुकेर बसेकी अवस्थामा उनलाई प्रहरीले पक्राउ गरको हाे । उनको साथबाट प्रहरीले  बञ्चरोसमेत नियन्त्रणमा लिइएको छ । सुष्मालाई जिल्ला प्रहरी कार्यालय इलामबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.