आफ्नै नातीलाई हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ

| 2023 Jul 14 | 03:00 pm 1521

बैतडी, असार २९ । आफ्नै २  वर्षीय नाती  रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका– ६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई  प्रहरीले पक्राउ गरेको छ ।

गणेशले रेशम र अर्का ८ वर्षीय नाती समेत २ बालकलाई कुटपटि गर्दा गम्भीर घाइते भएकोमा रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो ।

घाइते भएका ८ वर्षीय रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेकाे जनाएकाे छ  ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.