आफ्नै दिदीबहिनी, दाजुभाइ नहुनेले कोसँग लगाउने टीका ?

| 2018 Nov 09 | 06:49 am 2815

काठमाडाैं, कात्तिक २३ : नेपालीहरुको दोस्रो ठूलो चाड तिहार हो । तिहारको अन्तिम अर्थात पाँचौ दिन भाइटीका मनाइन्छ । कार्तिक शुक्ल द्धितिया तिथीमा भाइटीका मनाइन्छ । भाइटीकालाई यम द्धितिया पनि भनिन्छ । यस पर्वलाई विधि पूर्वक मनाउँदा मृत्यु समेत नाश हुन्छ भन्ने विश्वास छ । त्यसैले भाइटीकालाई मृत्युनाशक भन्ने पनि प्रचलन छ ।

यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

आफ्नै दिदीबहिनी हुने दाजुभाइले त उनीहरूसँग टीका लगाउँछन्। नहुनेले के गर्नेरु सहोदर (एउटै आमाका सन्तान) दिदीबहिनी नहुने दाजुभाइले काका, मामा वा फुपूका छोरीको हातबाट टीका लगाउने चलन छ। यस्तै कतिले बुबाका दिदीबहिनी अर्थात् फुपूको हातबाट टीका लगाउँछन्।

दिदीबहिनीकी छोरी अर्थात् भाञ्जीबाट पनि टीका लगाउन हुन्छ भन्ने मान्यता कतैकतै चलेको पाइन्छ। कोही नभए तुलसीको डाँठले आफैंले टीका लगाउने पनि भेटिन्छन्। काठमाडौंमा भने दिदीबहिनी नहुनेहरू रानीपोखरीस्थित बालगोपाल वा यमलेश्वर महादेवको दर्शन गर्छन्। मन्दिर परिसरमा भेटिने दिदीबहिनीको हातबाट निधार सप्तरंगी बनाउने पनि धेरै हुन्छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.