आफ्नै छोरा र भाइको हत्यापछि आत्महत्याको प्रयास

रिपोर्ट नेपाल | 2018 Aug 15 | 11:21 am 2240

काठमाडौं, साउन ३०: मानसिक सन्तुलन गुमाएका रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आफ्नै छोरा र भाइको खुकुरी प्रहारबाट हत्या गरेका छन् ।

मुसिकोटबाट रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार छिवाङ चौताराका शंकर बिष्टले आफ्ना ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी निर्मम हत्या गरेका छन् ।

शंकरले खुकुरी प्रहार गर्दा आफ्ना अन्य दुई छोरालाई समेत घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

विष्टको लामो समयदेखि मानसिक अवस्था ठिक नभएको र उनले बेला बेलामा आफ्नो पागलपन देखाउदै आएका थिए । छोरा र भाइको निर्मम हत्या गरेपछि शंकरले आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

शंकर र उनका घाइते दुई छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने विष्टलाई प्रहरीले अस्पतालमै निगरानी गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.